Logo
Logo

नागोया साहित्य उत्सव सम्पन्न


378
Shares

काठमाडौं । अनेसास जापानको आयोजनामा नागोया साहित्य उत्सव २०२२ सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रम पुस्तक बिमोचन कार्यक्रम, गहज मेहफिल, बहस र खुला रचना वाचन लगायतका खण्डहरूमा विभाजन गरी सम्पन्न गरिएको थियो ।

सुबिन न्यौपाने कान्जिभाईको कविता संग्रह ‘कमरेडको जनै’ र श्यामराज राईको लघुकथा संग्रह ‘हाम्रो बाटो’ एकैसाथ विमोचन भएको थियो ।

विमोचनमा कवि सुविन न्यौपानेले आफ्नो धारणा राख्दै संग्रहबाट एउटा कविता वाचन गरेका थिए भने कथाकार म्यामराज राईले संग्रह बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जापानमा बसेर गजल लेखिरहेका ६ जना गजलकारहरूको गजल मेहफिल खण्ड विशेष आकर्षणको केन्द्र बनेको थियो । मेहफिलमा गजलकारहरू दिनेशराज ज्ञवाली, गिरिजा गैह्रे, अमरदेव वास्तोला, मीनराज वास्तोला, गंगा गगन र विकास लमसलले गजल वाचन गरेका थिए ।

प्रवासमा नेपाली भाषा र साहित्य विषयमा यसका विविध पाटाहरूमाथि साहित्यिक बहस गरिएको थियो । बहस खण्डमा अनेसास केन्द्रका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला, नेपाली भाषा तथा साहित्यका अध्येता जापानी नागरिक हारुहितो नोजू तथा महिला अभियन्ता सविता पन्थीलाई वक्ताका रूपमा प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्