काठमाडौं । पत्रकार कृष्ण भुसाललाई आनन्देव भट्ट स्मृति साहित्यिक पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । विशिष्ट साहित्यकार आनन्ददेव भट्टको स्मृतिमा प्राडा. अर्जुनदेव भट्टले स्थापना गरेको १५ हजार रुपैयाँ राशीको सो पुरस्कार भुसाललाई शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच प्रदान गरिएको हो ।
मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौंको सम्मान तथा पुरस्कार छनौट समितिले भुसालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । भुसालले विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको मूल्यांकन गर्दै उक्त पुरस्कार र सम्मान अर्पण गरिएको आयोजकले जनाएको छ ।
भुसालले विगत १३ वर्षदेखि मिलाप मासिकको प्रकाशक र प्रधान सम्पादक रहेर कार्य गर्दै आएका छन् । साथै, दुई वर्षदेखि हिमालय टाइम्सको उपसम्पादकका रुपमा कार्यरत छन् ।
साहित्यकार तथा पूर्वमुख्यसचिव विमल कोइरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समारोहमा विभिन्न विधाका अन्य १५ जना व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।