Logo
Logo

माइखोलादेखि पुनर्वाससम्म कस्तो कृति हो ?


फिपराज बेघा

756
Shares

काठमाडौं । दीपेन्द्रराज तिम्सिना पथरी शनिश्चरे मोरङका रैथाने हुन् । पहिला पत्रकार, अहिले लेखक । ४१ वर्षीय दीपेन्द्रराजको नामको अगाडि ‘लेखक’ फुर्का जोड्दा उचित हुन्छ । २०६८ देखि २०७९ सालसम्म १० पुस्तक लेखिसकेका छन् । उनले यसै साता उनले माइखोलादेखि पुनर्वाससम्म ल्याएका छन् । उनका दुई वटा पुस्तक भने पाइपलाइनमा रहेको छ ।

लेखक दीपेन्द्रराज थुप्रै पटक सम्मानित पनि भएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ मोरङ (२०६५), नेपाल जेसीज २०७४, पथरी जेसीज (२०७४, २०७५,२०७६, २०७९), पथरी उद्योग वाणिज्य संघ, तिम्सिना समाज मोरङ जिल्ला (२०७९), प्याब्सन पथरी शनिश्चरे नगर समिति, भूपू सैनिक बोर्डिङ पथरी (२०७९) र बालनमुना वोर्डिङ पथरी शनिश्चरे (२०७९) बाट सम्मानित भएका छन् । उनै लेखकसँग फिपराज बेघाले गरेको पुस्तक वार्ता ।

कहिलेदेखि पुस्तक लेखन कार्य थाल्नुभयो ?
आजभन्दा १२ वर्ष अघिदेखि किताब निकाल्न थालेको थिए । त्यसबेला अहिले जस्तो सबैको मोबाइल थिएन । लेन लाइन टेलिफोनमा समय कुरेर बोल्नुपर्थ्यो । धेरै सङ्घसंस्थाको टेलिफोन नम्बर, केही व्यक्तिको मोबाइल नम्बर कसरी पाउने ? मान्छेले खोजिरहेका हुन्थे । यही कुरा मलाई खड्कियो । तत्कालीन पथरी, शनिश्चरे क्षेत्रको लेन लाइन फोनहरू संकलन गरेर पहिलोपटक टेलिफोन डायरी पुस्तक –२०६८ मा निकाले । यो नै मेरो पुस्तक लेखनको सुरुवात थियो ।

१२ वर्षमा १० पुस्तक सार्वजनिक गरिसक्नुभयो । तपाईंलाई पुस्तक लेख्ने उर्जा कहाँबाट मिल्यो ?
किताब क्रमशः लेख्दै गए । सबैले खोजेर लेखेको किताबको रेस्पोन्स राम्रो थियो । त्यसपछि क्रमशः खोजीमा लागिरहे । संसारभरि कोरोनाको समयमा मानिसहरू घरमा बसेको बेला मलाई लाग्यो, यो कठिन समयमा पनि केही गर्न सकिन्छ । नेपालभरिका जेसिज भन्ने संस्थाको १६१ वटा शाखाको डाटा संकलन गरेर ‘जेसिज दस्तावेज विगतदेखि वर्तमानसम्म’ भन्ने दस्तावेज लेखे ।

यो नेपालमा जेसिज इतिहासमै पहिलोपटक सबै शाखाको लेखिएको किताब थियो । नेपाल जेसिसका संस्थापक अध्यक्ष परराष्ट्रविद, नेपालको चौथो गर्भनर डा. भेषबहादुर थापालाई घरमै गएर त्यो किताब दिएँ । उहाँ त्यो बेला निकै खुसी हुनुभएको थियो । यो कुराले पनि मलाई निकै ठूलो हौसला मिल्यो । अनि निरन्तर लेखन कार्यमा लागे । जेसिसका किताब केही परिमार्जन गरेर दोस्रो संस्करण पनि निकालेको थिए । यही किताबको बचेको केही पैसाले अरु किताब लेख्न सहयोग पुग्यो ।

अहिले के लेख्दै हुनुहुन्छ ?
अहिले म सहकारीमा पहिलोपटक तिम्सिना बन्धुहरूको दस्तावेज, नेपालको हवाई दुर्घटना र रमाइलो झोडा काण्डलगायतका विषयमा लेखिरहेको छु । १/२ वटा विषयमा त खोजेर लेखिसकेको छु । अन्य क्रमशः लेख्दै जानेछु ।

भरखरै बजारमा आएको माइखोलादेखि पुनर्वाससम्म कस्तो कृति हो ?
भरखरै बजारमा आएको माइखोलादेखि पुनर्वाससम्मस नामक दस्तावेज नेपाली भाषी भुटानी शरणार्थीको कथा व्यथा समेटिएको पुस्तक हो । सन् १९९० ताका नेपाली भाषी भुटानीहरू कसरी भुटानबाट लखेटिनु पर्याे । सुरुमा भुटान भारतको सिमाना बस्दै पहिलोपटक कसरी माईखोलामा आइपुग्नु भयो । त्यसबेला माईखोला बगरमा छाप्रा हालेर बसेको कष्टकर पुर्ण बसाइँ, दैनिक दर्जनौं बालबालिकाको दुःखद निधन भएको कहाली लाग्दो अबस्था केही खोज्ने प्रयत्न गरेको छु । भुटानभित्रै हुँदा भएको दमन, हत्या काण्ड पनि यो किताबमा लेखिएको छ । तेस्रो देश पुनर्स्थापना भएपछि पनि विभिन्न देशको विभिन्न उच्च तहमा पुगेका भुटानी शरणार्थीहरूको खोजी गरेको छु ।

यो लेख्न कति समय लाग्यो ?
भुटानी शरणार्थी दस्तावेज माइखोलादेखि पुनर्वाससम्म लेख्न निकै समय लाग्यो । मसँग कुनै साधन पनि छैन । मान्छे भेट्न जान र पुराना कुराहरू खोज्ने समय लाग्यो । यो पुस्तक लेख्न दुई वर्षभन्दा बढी समय लाग्यो । अमेरिका, अष्ट्रेलिया पुग्नु भएको नेपाली भाषीहरूका कुरा गर्दा समय यता र उताको नमिल्ने भएकोले अलि समय लाग्यो । सन्दर्भ सामाग्री खोज्न पनि सायम लाग्यो । कुनै एउटा मात्र दस्तावेज खोज्न पटकपटक बिर्तामोड विराटनगर दौडिनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्