काठमाडौं । पत्रकार एवं साहित्यकार विमल नेपालको उपन्यास ‘पीपला’ लोकार्पण गरिएको छ ।शनिबार प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम गर्दै उपन्यास लोकार्पण गरिएको हो ।
कार्यक्रममा समीक्षक ज्ञानु अधिकारीले ग्रामीण क्षेत्रको जीवनशैली, माओवादी सशस्त्र युद्धकालीन परिवेश र त्यसले पारेको प्रभाव उपन्यासमा समेटिएको बताए ।
अधिकारीले ‘पीपला’को कथा २० वर्षअघिको भए पनि अहिलेको समयमा अति नै सान्दर्भिक रहेको बताए । उनले भने, ‘अहिलेको परिवेश पनि उत्तिकै सान्दर्भिक छ । उपन्यासमा पाठकले आफूले बाँचेर आएको समयलाई भेटाउँछन् । उपन्यास पढ्दा पाठक आफैँलाई आफू भएको अनुभूति गराउँछ । हामी सबैले बाँचेको जीवन छ । हामी सबैले अनुभव गरेर आएको समयको कथा हो ।’
कार्यक्रममा समीक्षक राजकुमार बानियाँ र उपन्यासकार नयनराज पाण्डले पुस्तकबारे टिप्पणी गर्दै लेखकलाई शुभकामना दिएका थिए ।
लेखक नेपालले आफूले भोगेको परिवेशलाई नियालेर पीपला तयार गरेको बताए । कलिलै उमेरमा सशस्त्र संघर्षमा होमिएका ‘पीपला’ नामक पात्रले युद्धका दौरान र शान्ति प्रक्रियापछि समाजमा पुनस्र्थापित हुन गर्नुपरेका संघर्षलाई उपन्यासमा प्रस्तुत गरिएको छ ।