काठमाडौं । कुमारी बैंक लिमिटेड र स्मल वल्र्ड सर्भिस ग्रुप लिमिटेड युकेबीच रेमिट्यान्स सेवा मुलुकभर बिस्तार गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र स्मल वल्र्ड सर्भिस ग्रुपका प्रमुख कार्यकारी अधिकृत निकोल्स जोन स्टेवार्ट डेबीच रेमिट्यान्स सेवा बिस्तार गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो ।
यो सम्झौता पश्चात विश्वभर रहेका स्मल वल्र्ड सर्भिसका (काउन्टर र अनलाइन रेमिट्यान्स सर्भिस) मार्फत सजिलै नेपालमा पैसा पठाउन सकिनेछ र उक्त रेमिट्यान्स कुमारी बैंक लिमिटेडका सम्पूर्ण ८९ शाखाहरु तथा कुमारी बैंकका करिव ८५०० भन्दा बढी एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ । यो सेवा मार्फत नेपालका जुनसुकै बैंकमा पनि रकम पठाउन सकिने हुँदा पाउने व्यक्तिले निर्वाध रुपमा रकम आफ्नो बैंकमा रहेको खातामा प्राप्त गर्न सक्नेछन् ।