Logo
Logo

मोहनबहादुर कायस्थको ८४औं पुस्तक लोकार्पण


567
Shares

काठमाडौँ ।  पूर्वविद्युत इन्जिनियर एवं साहित्यकार मोहनबहादुर कायस्थको ८४औं पुस्तक ‘म बन्दीपुरे भक्तपुरको’ लोकार्पण गरिएको छ । 

सिर्जना अभियान समाज, भक्तपुरका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्व भएको उक्त लोकार्पण समारोहमा साहित्यकार ध्रुव मधिकर्मीले स्वागत मन्तव्य राखेका थिए । 

साहित्यकार डा. विष्णु भण्डारी, वरिष्ठ साहित्यकार तिलक प्रकाश कायस्थ, तथ्याङ्क विभागका पूर्व महानिर्देशक उत्तम नारायण मल्लले मोहन बहादुर कायस्थको लेखकीय क्षमता, भक्तपुर र बन्दीपुरबीचको सम्बन्ध एवं लोकार्पित पुस्तकमाथि प्रकाश पारेका थिए । 

उक्त कार्यक्रममा लेखक मोहनबहादुर कायस्थले आफू चालीसको उमेरदेखि लेख्न, प्रकाशन गर्न थालेर अहिले ८० वर्षको उमेरमा यो सहित ८४ वटा आफ्नै पहलमा प्रकाशन ल्याइसकेको बताए । 

आफ्नो विद्वता र सिर्जना प्रकाशकको मुख नताकेर आफ्नै पहलमा भए पनि प्रकाशन गर्दै जानुपर्ने भन्ने धारणा राखेका कायस्थले अब चाहिँ उमेरका कारण यही पुस्तक अन्तिम भएको घोषणा पनि गरे । 

तर अन्य वक्ताहरूले त्यसो गर्न नहुने र मोहन बहादुर कायस्थको लेखकीय स्वभाव अनुसार उनले बिट मार्न नसक्ने धारणा व्यक्त गरे । 

केही कविता, केही लघुकथा सहित आफ्ना संस्मरणहरूका साथै करिब एक दर्जन सर्जकहरूले मोहन बहादुर कायस्थको व्यक्तित्व माथि लेखिएको लेखहरू यसमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्