Logo
Logo

बिसुकुमार केसी नेपाली लेखक सङ्घको अध्यक्ष निर्वाचित


378
Shares

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाली लेखक सङ्घ काठमाडौँ जिल्लाको अध्यक्षमा बिसुकुमार केसी निर्वाचित भएका छन् ।

कांग्रेसका महामन्त्री गगनकुमार थापाले आज यहाँ उद्घाटन गरेका काठमाडौँ जिल्लाको दोस्रो अधिवेशनले उपाध्यक्षमा डा पौडेल विभुन्स र जनार्दन अधिकारीलाई उपाध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

त्यसैगरी सचिवमा गणेश भट्ट अणु, सहसचिवमा पार्वती अधिकारी र माधव बिडारी र सदस्यमा विनोद दाहाल, सुधा बाँस्कोटा, जगदीश्वर पोख्रेल, सुस्मिरा अर्याल, पुनम घिमिरे, शोभा खरेल, पूर्णिमा प्रतिबिम्बि र हीरा परियार सर्वसम्मतिले चयन भए ।

सोही अवसरमा महामन्त्री थापाले निराशाभन्दा पनि युवा पुस्तामा आशाको दियो जगाउँदै मुलुकमा आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विकाससँगै समृद्ध नेपाल नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

देशकै स्रोत, साधन उपयोग गरी देशभित्रै रोजगारी सिर्जना गर्दै विदेशिएका युवा पुस्तालाई देशमै फर्काएर आफ्नो देशको विकासमा लगाउने उनको भनाइ छ ।

उनले अब समृद्ध नेपाल निर्माणको निम्ति हरेक क्षेत्रमा युवा पुस्ताले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै त्यसका लागि आजैका दिनदेखि युवा एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘यो निराश हुने बेला होइन, निराशालाई आशामा बदल्ने बेला हो, देशको निम्ति केही गर्ने बेला हो, अब समृद्ध नेपाल निर्माणका लागि युवा पुस्ता नै अगाडि सर्नुपर्छ, अब गर्ने भनेकै युवा पुस्ताले हो ।’

सङ्घका केन्द्रीय सहअध्यक्ष डा रत्नमणि नेपाल र महासचिव साझो गाउँलेले राजनीतिक पार्टीका नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकको हितको निम्ति सोच्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्