Logo
Logo

सर्वोच्च अदालतमै चलखेल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २८ माघ । तथ्यांक तोडमरोड गरी ऋण स्वीकृत गराएर कर्मचारी सञ्चय कोषलाई हानी पु¥याउने सिल्भर फाइबर टेक्सटायलका संचालक ठाकुरप्रताप थापाले मुद्दा जित्नका लागि सर्वोच्च अदालतमा चलखेल गरिरहेका छन् । संचयकोषमा झुटो तथ्यांक पेश गरी १० करोड ऋण लिने थापाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको ठगी र भ्रष्टाचार मुद्दामा विशेष अदालतले २०६८ बैशाखमा ६ महिना कैद र १९ करोड ६८ लाख १३ हजार रुपैयाँ असुल गराउने फैसला गरेको थियो । विशेषको आदेशविरुद्ध २०६८ पुस २८ मा थापाले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । जुन पुनरावेदनको सुनुवाइ २०६८ चैत २१ देखि हुँदैआएको छ ।

२०७६ माघ ७ मा पेशी राखिएको उक्त मुद्दा सर्वोच्चले पुनः २१ दिनमै माघ २८ मा पेशी तोकेको छ । ८ बर्षअघि पुनरावेदन गरिएको उक्त मुद्दामा सेटिङ गरिसकेको भन्दै थापा जित्ने र क्रिकेट संघ(क्यान)को सीईओ हुने खेलमा छन् । फौजदारी मुद्दामा संजाय पाएका थापालाई क्यानको सीईओ बनाउन कानुनतः पाइँदैन । त्यही भएर पनि यो मुद्दा जित्नका लागि अदालतका बीचौलियामार्फत् थापाले सेटिङ गरेको स्रोत बताउँछ ।

थापाले सिल्भर फाइबर टेक्सटायल घाटामा गएको तथ्य लुकाई नाफा गरेको झुटो लेखापरीक्षण प्रतिवेदन पेश गरी संचयकोषबाट १० करोड ऋण लिएका थिए । थापासहित जीवन बिष्ट र लेखापरीक्षक किशोर बास्कोटालाई पनि विशेष अदालतले दोषी किटान गरेको थियो । संचयकोषलाई ठगी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६६ जेठ ७ गते थापा र अर्का संचालक जीवन बिष्टविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो । बिष्टको मृत्यु भइसकेकाले कैद संजाय भुक्तान गर्नुनपर्ने आदेश दिएको थियो । विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, न्यायाधीशहरु केदारप्रसाद चालिसे र ओमप्रकाश मिश्रको इजालसले यस्तो ठहर गरेको हो । झुठो प्रतिवेदनको आधारमा ऋण स्वीकृत गराई गैरकानूनी लाभ लिएको र कर्मचारी संचयकोषलाई हानी पुग्न गएकोले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ बमोजिम भ्रष्टाचारको कसूर गरेको ठहर गरेको थियो । यो मुद्दामा विशेष अदालतले गरेको सुरु आदेश सदर भएमा संचयकोषको डुबेको रकम असुली हुनेछ । नभएमा संचयकोषलाई हानी पुग्नेछ । संचयकर्ताहरुको २० करोड भन्दा बढी डुब्नेछ । मिल्सको परियोजनाको मूल्यांकन गर्ने दिनेशनाथ चालिसेलगायत नेपाल बंगलालादेश बैंकका कर्मचारीले कसुर गरेको नदेखिएको भन्दै विशेषले सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्