Logo
Logo

एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ : अध्यक्ष दाहाल


- दृष्टि न्युज/संवाददाता

0
Shares


चितवन, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् ।
शनिबार यहाँ आइपुगेका उनले पत्रकारहरुसँग कुराकानी गर्दै एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताएक छन् । शुक्रबार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको भन्दै उनले यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने उनको भनाइ ।
‘एमसिसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ’, पूर्वप्रधानमन्त्री समेत रहेको उनले यसका लागि प्रधानमन्त्री ओलीले अमेरिकी सरकारसँग कुरा गरिसकेको जानकारी दिए ।
अध्यक्ष दाहालले सरकारको कामका विषयमा शनिबारदेखि सुुरु सचिवालय बैठकले समीक्षा गर्ने बताए । वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै अध्यक्ष प्रचण्डले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्