Logo
Logo

एमसीसीबारे निर्णय कार्यदलको सुझावको आधारमा हुन्छ : गृहमन्त्री थापा


- दृष्टि न्युज/संवाददाता

0
Shares

हेटौंडा, ११ फागुन । गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा प्रकरणमा सरकारले छानविन गर्ने बताएका छन् । हेटौंडामा आइतबार बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले बाँस्कबोटासँग जोडिएको अडियो प्रकरणमा सरकार गम्भीर रहेको भन्दै छानविन गर्ने बताएका हुन् । ‘सुरक्षा प्रेससँग जोडिएको प्रकरणमा सञ्चारमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसक्नुभएको छ’ उनले भने, ‘यस प्रकरणमा सरकारले छनविन गरेर समाधान गर्नेछ ।’
साथै, गृहमन्त्री थापाले एससीसीबारे सत्तारुढ दल नेकपाले निर्माण गरेको कार्यदलले दिएको सुझावको आधारमा निर्णय लिइने बताए । उनले भने, ‘भर्खरै कार्यदलले प्रतिवेदन दिएको छ, सोही आधारमा यसलाई टुंगो लगाउने सोचेका छौँ ।’
गृहमन्त्री थापाले कालापानी क्षेत्रको सन्दर्भमा भारतले प्रकाशित गरेको नक्साबारे सरकारले कुटनीतिक ढंगले समस्या सामाधान गर्ने थापाले समेत बताए । उनले चाँडै भारतसँग उच्च तहमा वार्ता गरेर समस्या समाधानको तयारीमा सरकार लागेको बताए ।
सुरक्षा गोष्ठीमा बागमती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखको सहभागिता रहेको छ । शनिबार सुरु भएको गोष्ठी आइतबार १३ जिल्लाकै सुरक्षा अधिकारीले जिल्लागत अवस्थाबारे जानकारी दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्