Logo
Logo

वामदेव प्रकरणबारे बालुवाटारमा छलफल सुरु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ फागुन ।
राष्ट्रिय सभामा कसको नाम सिफारिस गर्ने भन्ने सम्बन्धमा विवाद उत्पन्न भएपछि शीर्ष नेताहरुबीच चिसिएको सम्बन्धका बीच नेकपा केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

यसअघि १४ फागुनमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको थियो । तर बैठकको निर्णय बाहिरिन नपाउँदै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर पार्टीको निर्णय नमान्ने बताएपछि पार्टी्भित्र विवाद सिर्जना भएको थियो।

प्रधानमन्त्रीसमेत रहेका ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहेक सचिवालयका सबै सदस्य वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने अडानमै छन् । यद्यपी, सचिवालय बैठकको निर्णय विपरित ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभामा निरन्तरता दिन खोजेपछि पार्टी विभाजन हुनसक्ने भय समेत पार्टीमा सिर्जना भएको छ ।

त्यही कारण पछिल्लो समय शीर्ष नेताहरुले मतान्तर भएपनि विभाजनको स्थितिसम्ममा नपुग्ने अभिव्यक्ति सार्वजनिक कार्यक्रममा दिन थालेका छन् । १६ फागुन बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा नेपाल, झलनाथ खनाल र गौतमसहितको बैठकले गौतमलाई नै राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयनमा जोड दिएका थिए । सहमति गराउनका लागि नेता माधव कुमार नेपालले भूमिका खेलेका छन् । आजको बैठक नेकपाकै पार्टी जीवनमा महत्वपूर्ण हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्