Logo
Logo

कोटेश्वर मोबाइल व्यवसायी संघद्वारा विद्यालयलाई कम्प्युटरलगायत खेलकुद सामग्री सहयोग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ फागुन । कोटेश्वर मोबाइल व्यवसायी संघले र सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–२ श्री पञ्चकन्या मावि देवीस्थानमा कम्प्युटरलगायत खेलकुद सामग्री सहयोग गरेको छ ।

मानव जीवनमा सबैभन्दा ठूलो सेवा नै समाज सेवा हो भन्ने महसुस गरी संघले ४० वटा पसलबाट एक दिनको रु ५ रुपैयाँ समाजिक कामको लागि छुट्याउने गरेकामा सोही रकमबाट उक्त सामग्री सहयोग गरेको संघका अध्यक्ष भरत भट्टराईले बताए ।

मोबाइल व्यवसायी संघले २०१७ सालमा स्थापित विद्यालयमा अति आवश्यक खेलकुद सामग्री, पाँच थान कम्प्युटर, विज्ञान प्रयोगशालाका सामग्री, पुस्तकालयका लागि २९७ थान पुस्तक तथा आवश्यक कापी कलम गरी करिब ३ लाख रुपैयाँ बराबरको सहयोग गरेको संघका कोषाध्यक्ष नवराज बाँस्तोलाले जानकारी दिए ।

संघले विभिन्न समयमा रक्तदान, सरसफाइ तथा व्यवसायिक हकहितका विषयमा छलफललगायतका काम गर्दै आएको छ । संघले सामाजिक उत्तरदायित्वको रुपमा विभिन्न व्यक्ति तथा संघ संस्थालाई आगामी दिनमा पनि सहयोग जारी राख्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्