Logo
Logo

होली नमनाउन र सभा सम्मेलन नगर्न काठमाडौं प्रशासनको आग्रह


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २२ फागुन ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलि नमनाउन तथा सभा सम्मेलन नगर्न आग्रह गरेको छ । कोरोना भाइरसको उच्च जोखिम देखिएको भन्दै प्रशासन कार्यालयले बिहीबार यस्तो आग्रह गरेको हो ।


प्रशासन कार्यालयले बिज्ञप्ती निकालेर यस्तो आग्रह गरेको हो । भिड जम्मा भएर उत्सव तथा पर्व समेत नमनाउन आग्रह गरिएको छ । विश्व स्वास्थ्य संगठनले नेपालसहितका दक्षिण एसियाका देशहरुमा कोरोनाको उच्च जोखिम देखिएको भन्दै सर्तक रहन भनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्