काठमाडौं , ८ माघ ।
१९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलोसहित तीन व्यक्तिलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो ।
प्रदेश तीन कार्यलय हेटौँडाले र इलाका प्रहरी कार्याालय गजुरीबाट खटिएका टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो ।
प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तत्कालै दाखिला गर्नुपर्छ तर राजस्व अनुसन्धान विभाग भन्दै छ, ‘धादिङमा बरामद भएको भन्दै प्रहरीले बरामद गरेको सुन होइन, तामा र ढलौट मिसिएको धातु हो ।’ आजको नयाँ पत्रिकका दैनिकमा समाचार छापिएको छ ।