Logo
Logo

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल


441
Shares

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ । 

कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयर प्रति सेयर अंकित मूल्य १०० दरमा सर्वसाधारणमा निष्कासन गर्न इन्स्योरेन्सले एनआईएमबी एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले २०७९ चैत २७ मा निर्जीवन लघु बीमाको इजाजत लिइ २०८० वैशाख २६ गतेबाट कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्