काठमाडौं । लक्ष्मी सनराइज बैंकले भदौ ११ गते देखी भदौ १६ गते सम्म काठमाडौं भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा सहभागिता जनाएको छ ।
बैंकले नाडा अटो शो मा विद्युतीय सवारीलाई ७ वर्ष अवधिको लागि स्थिर ब्याजमा ८.९९ प्रतिशतमै कर्जा दिने जनाएको छ । बैंकले ०.५ प्रतिशत सेवाशुल्क लिने जनाएको छ ।
त्यस्तै, इन्धन सवारीमा ८.२५ प्रतिशतको आधारदरमा १ प्रतिशत प्रिमियम थप गरेर ९.२५ प्रतिशतको ब्याजमा कर्जा दिने भएको छ ।