Logo
Logo

पहिरोले कार बगाउँदा चार जना घाइते


1k
Shares

काठमाडौं । धादिङको नौबिसे–मुग्लिन सडकखण्डको चिरौँदी खोलानजिक पहिरोले कार बगाउँदा चार जना घाइते भएका छन् । गएराति गजुरीबाट काठमाडौं आउँदै गरेको बा २ च ७८८५ नम्बरको कारलाई सडकमाथिबाट आएको पहिरोले बगाउँदा उक्त कारमा सवार चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा काठमाडौँ चन्द्रागिरी नगरपालिका– १२ बस्ने ६५ वर्षका धर्म महर्जन, सोही स्थानका ४५ वर्षका देवकृष्ण श्रेष्ठ, ५८ वर्षका करण प्रकाश शाही र कार चालक कास्कीको पोखरा महानगरपालिकाका ४० वर्षका विष्णु श्रेष्ठ रहेका छन् ।

सामान्य घाइते उनीहरु उपचार पश्चात् डिस्चार्ज भइसकेका धादिङ प्रहरीले जनाएको छ । पहिरोले कारलाई बगाएर सडकभन्दा केही तल खसालेको थियो ।

प्रतिक्रिया दिनुहोस्