Logo
Logo

आज सुन प्रतितोला एक लाख ६१ हजार दुई सय पुग्यो


630
Shares

काठमाडौं । नेपाली बजारमा केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । आज सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो दिन (बिहीबार) को तुलनामा आज सुन पाँच सय रुपैयाँले महंगो भएको हो । हिजो सुन तोलाको एक लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको मूल्यमा भने घटबढ भएको छैन । चाँदीको मूल्य आज एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्