Logo
Logo

पहिरोका कारण नौबिसे-काठमाडौं सडक अवरुद्ध


1.6k
Shares

काठमाडौं । अविरल वर्षका कारण नौबिसे-काठमाडौं सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।

पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसक्दा बाटो बन्दले सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् । अत्यधिक वर्षाले पहिरो झरेर क्षति पुग्न सक्ने भएकाले असोज ११–१२ गते दुई दिन हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन सरकारले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्