Logo
Logo

मुलुकको वित्तीय स्रोतको आवश्यकता पुरा गर्न बाह्य स्रोत खोज्नैपर्छ : गभर्नर


315
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको वित्तीय स्रोतको आवश्यकता पुरा गर्नका लागि बाह्य स्रोत खोज्नै पर्ने बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सङ्घले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले समृद्ध हुने अपेक्षा पुरा गर्न तय भएका कार्यक्रम र योजना पुरा गर्न वित्तीय स्रोतको आवश्यकता पर्ने भएकाले बाह्य स्रोत खोज्नै पर्ने बताएका हुन् ।

लगानीको वातावरणका लागि भएका ऐन नियम परिवर्तनले नेपाल सरकार लगानी प्रोत्साहन गर्न र नीजि क्षेत्रसँग सहकार्य गर्न आतुर देखिएको उनले बताए । उनले लगानीकर्ताले लगानीको सुरक्षाको प्रत्याभूत चाहने भएकाले त्यसको सहज वातावरण बनाउनु पर्नेमा जोड दिए । गभर्नर अधिकारीले अनुमानयोग्य वातावरण र नीति लगानीकर्ताले हेर्ने भएकाले यसमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताए  ।  

अधिकारीले बाह्य आयोजनाहरूलाई समयमा नै निर्माण गर्न दिनका लागि आवश्यक नीतिगत व्यवस्थाको सुधार गर्नुपर्ने समेत बताए । 

प्रतिक्रिया दिनुहोस्