Logo
Logo

अखिल क्रान्तिकारीको अध्यक्षमा वर्षमान र जनार्दन पक्षबीच प्रतिस्पर्धा हुने


2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा जारी छ । सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास सँगसँगै निर्वाचनको पनि तयारी गरिएको छ ।

विहीबारबाट सुरु भएको सम्मेलनमा आज विधान र प्रतिवेदन पारित गरी नेतृत्व चयन प्रक्रिया सुरु गर्ने तयारी छ । सहमतिको प्रयासमा अखिल क्रान्तिकारीका चार पूर्वअध्यक्षहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल र रञ्जित तामाङ छलफलमा जुटेका छन् ।

स्रोतका अनुसार अध्यक्ष पदमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा पक्षबीच प्रतिस्पर्धा हुने सम्भावना छ । पुन पक्षबाट दिपेश पुन अध्यक्षको बलियो दाबेदार हुन् भने शर्मा पक्षबाट मदन भट्टराई, मदन भुल र नारायण खनालमध्ये एकजना उम्मेदवार हुने सम्भावना रहेको एक नेताले जानकारी दिए ।

पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट पवन कार्की र प्रचण्ड र पम्फा भुसाल निकट रहेका नरेश रेग्मी पनि अध्यक्षका दाबेदार हुन् ।

प्रतिक्रिया दिनुहोस्