Logo
Logo

राष्ट्रियसभा अध्यक्षद्वारा समितिका काम कारबाहीबारे जानकारी


0
Shares

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाअन्तगर्तका समितिहरूको काम कारबाही र व्यवस्थापकीय अवस्थाबारे जानकारी लिएका छन् ।

समिति सभापतिहरूका कार्यकक्षमा पुगेर दाहालले आज समितिको बैठक कक्षको अवस्था, व्यवस्थापकीय समस्या, कामकारबाहीलगायत विषयमा जानकारी लिएका हुन् ।

अध्यक्ष दाहालसँगै राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, सचिव डा. सुरेन्द्र अर्याललगायतको टोली विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहाल, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति सोनाम गेल्जेन शेर्पा र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति मायाप्रसाद शर्माको कार्यकक्षमा पुगेको थियो ।

त्यस अवसरमा अध्यक्ष दाहालले समितिका कामकारबाही सञ्चालनमा समस्या आए आफूलाई जानकारी गराउन आग्रह गरे । उनले समितिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आफूले पहल गर्ने बताए । भेटमा समिति सभापतिहरूले प्राविधिक पक्ष, व्यवस्थापकीय समस्या तथा कामकारबाही गर्दा आइपर्ने चुनौतीबारे आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्