Logo
Logo

आज ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल


378
Shares

काठमाडौं । आइसीसी टी–२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र ओमानबीचको खेल आज राति पौने १० बजे क्यानडाको किंग सिटीमा सुरु हुनेछ ।

सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग १४ रनले पराजित भएको नेपाली टोली पहिलो जितको खोजीमा मैदान उत्रनेछ । उता नेपालमाथि हावी बन्दै आएको ओमान आज पनि नेपाललाई पराजित गर्दै सिरिजमा सुखद सुरुवात गर्ने योजानमा छ ।

क्यानडामा सम्पन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजपछि यी टोलीले टी–२० सिरिज खेल्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्