Logo
Logo

बाढीपहिरोले काठमाडौं जोड्ने सबै नाका ठप्प


567
Shares

काठमाडौं । शुक्रबारदेखि लगातार परेको वर्षाका कारण काठमाडौ जोड्ने राजमार्ग तथा मुख्य सडक भत्किएका छन् ।
मुग्लिन–काठमाडौ, सिन्धुली–काठमाडौ, सिन्धुपाल्चोक–काठमाडौसहित अरू सडक पनि बाढी र पहिरोले भत्किएपछि काठमाडौं जोड्ने नाका अवरुद्ध भएका हुन् ।

काठमाडौसँग अरू जिल्लाको पनि आवतजावत टुटेको छ । देशका अरू ठाउँमा पनि सडक अवरुद्ध भएका छन् । सडक विभागका अनुसार देशका २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति भएको छ । मुग्लिन–पोखरा, नारायणगढ–मग्लिन, बेनी–जोमसोम, बीपी राजमार्गको काभ्रे र सिन्धुली खण्डलगायतमा पहिरोले क्षति पु¥याएको छ ।

कतिपय ठाउँमा पुल नै बगेका छन् । मेची राजमार्गको हेवाखोला, सिन्धुलीको खुर्कोटस्थित रामेछाप मन्थली जोड्ने पुल र अरनिको राजमार्गको लार्चाको बेलिब्रिज बाढीले बगाउँदा आवागमन अवरुद्ध भएको छ । अब पानी पर्ने क्रम केही कम भएको र बन्द सडक खुलाउने र तत्काल सडक खुल्न नसकेको अवस्था वैकल्पिक व्यवस्था गर्ने लगायका काम थालिएको सडक विभागले जनाएको छ ।

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बाढीले बगाएको ठाउँमा खोलाबाट तत्कालका लागि अस्थायी सडक बनाएर वा बाँध बाँधेर भए पनि यातायात सञ्चालनमा ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्