Logo
Logo

बाढीपहिरो अपडेट : १२९ जनाको मृत्यु, ६२ बेपत्ता


378
Shares

काठमाडौं । बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी हालसम्म एक सय २९ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा आइतबार दिउँसोसम्म १२९ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

प्रहरीका अनुसार बाढी पहिरोमा परी ६२ जना बेपत्ता भएका छन् । त्यस्तै ८६ जना घाइते छन् । प्रधान कार्यालयका अनुसार बाढी पहिरोबाट सुरक्षाकर्मीले ३ हजार २६६ जना भन्दा बढीको उद्धार गरेको छ । वर्षाका कारण विभिन्न ठाउँका सडक अवरूद्ध छन् । लामो दुरीमा निस्किनुपरेमा प्रहरी कार्यालयमा सम्पर्क गररेमात्रै यात्रा गर्न अनुरोध गरेको छ ।

काठमाडौं प्रवेश गर्ने नाका धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएका शवहरू निकाल्ने काम भइरहेको छ । आइतबार दिउँसोसम्म त्यहाँमात्रै ३५ जनाको शव फेला परेको छ । शनिबार १४ वटा शव फेला परेको थियो भने आइतबार २१ जनाको शव फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्