Logo
Logo

काभ्रेबाट १५८ जनाको हेलिकप्टरमार्फत उद्दार


315
Shares

काठमाडौं । काभ्रे जिल्लाका विभिन्न ठाउँहरुबाट आइतबार १५८ जनाको हेलिकप्टरमार्फत उद्दार भएको छ ।

वर्षासँगै आएको बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरुमध्ये १५८ जनालाई आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको हो ।

बिरामी, वृद्ध, अपांगता भएकाहरु, बालबच्चा र सुत्केरी महिलाहरुलाई प्राथमिकतामा राखेर आइतबार उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी एसपी बसुन्धरा खड्काले बताए । अझै ठूलो संख्यामा यात्रुहरु राजमार्ग आसपासमा उद्दारको पर्खाइमा रहेको उनले बताए ।

करिब वीपी राजमार्गमा करिब एक हजार यात्रुहरु अलपत्र परेको प्रहरीको आंकलन छ । ठाउँ ठाउँमा पहिरोका कारण प्रहरी–प्रहरी बीचमै सम्बन्ध समेत टुटेकाले यसको यकिन विवरण समेत प्राप्त हुन नसकेको उनले बताए ।

त्यसैगरी अहिले धुलिखेलबाट करिब ८ किलोमिटर परसम्मको सडक सञ्चालनमा ल्याइएको उनले बताए । काभ्रे भन्ज्याङबाट भकुन्डेबसी जोड्ने सडकको पहिरो पन्छाउन अझै बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्