Logo
Logo

सिटिजन्स बैंकले बाढी पीडितका लागि दियो २५ लाख रुपैयाँ सहयोग


189
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद सहयोग गरेको छ । देशभर शुक्रबार (असोज ११ गते) देखिको अविरल वर्षाले धनजनको क्षति भएपछि नागरिकको जीउधनको रक्षा गर्ने उद्देश्यले बैंकले कोषमा सहयोग गरेको हो ।

बैंकका अध्यक्ष प्रबलजङ्ग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोख्रेलले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सो रकमले देशभर वर्षा तथा बाढीबाट प्रभावित व्यक्तिहरूलाई उद्धार गर्न सहयोग पुग्ने बैंकको विश्वास व्यक्त गरेको छ ।
 
बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विहीबार रातिदेखि सुरु भएको वर्षाले काठमाडौं उपत्यका सहित देशभर जीउधनको क्षति भएकोमा सिटिजन्स बैंक दु:ख व्यक्त गर्दछ, बाढीबाट पीडित बनेका नागरिकहरूको उद्धारका लागि बैंकको सहयोगले महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास छ ।’
 

प्रतिक्रिया दिनुहोस्