Logo
Logo

मुख्यमन्त्री कार्कीको घरअगाडि शंकास्पद बस्तु फेला


630
Shares

दमक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापास्थित घरअगाडि शंकास्पद बस्तु फेला परेको छ । कागजमा पोको पारेर तार जोडिएको जस्तो देखिने बस्तु कार्कीको घरअगाडि फेला परेको हो ।

दुर्गा माताकी जय लेखिएको उक्त वस्तुलाई डिस्पोज गर्न झापाको चारआलीस्थित अरिदमन गणबाट नेपाली सेनाको डिस्पोजल टोली झिकाइएको छ । उक्त वस्तु कसले किन राख्यो ? भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

मुख्यमन्त्री कार्की आज बिहान विराटनगरबाट झापास्थित घर आएका हुन् । उनी घर नजिकैको पारिवारिक कार्यक्रममा सहभागी भएपछि बाह्रदशी गाउँपालिकामा आयोजित कार्यक्रममा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्