Logo
Logo

आज सुनको मूल्य प्रतितोला १६०० रूपैयाँ बढ्यो


315
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य बढेको छ । बिहीबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४५ रूपैयाँ बढेको हो ।

प्रतिक्रिया दिनुहोस्