Logo
Logo

रविको रिहाइको माग गर्दै प्रदर्शन


315
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान भइरहँदा नेता कार्यकर्ताले माइतीघरमा रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् । रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलासहित रास्वपा नेता कार्यकर्ता र रविका समर्थकले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

जिल्ल्ला प्रहरी कास्कीको हिरासतमा रहेका रविलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित विषयमा बयानका लागि बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । उनको आज काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयान भइरहेको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा रवि लामिछानेसँग बयान लिइएको हो । रविको बयान भइरहँदा उनका समर्थक र कार्यकर्ताले माइतीघरमा ‘राजनीतिक प्रतिसोध बन्द गर’, ‘रवि दाईलाई रिहा गर’ जस्ता प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्