Logo
Logo

लरेन्स विश्नोइको नाममा धम्की दिने झापाका एकजना पक्राउ


252
Shares

काठमाडौं । भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएको आरोपमा प्रहरीले जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले झापा घर भएका हरि प्रसाद फुयाँललाई नेपाल भारत सीमा पानी ट्यांकीबाट पक्राउ गरेको हो ।

उनले भारतमा बसेर नेपालका व्यवसायीलाई धम्क्याउने, रकम उठाउने, युवा परिचालन गर्ने जस्ता काम गरेको पाईएको प्रहरीले जनाएको छ । फुयाँलले दुर्गा प्रसाईँ नेतृत्वको दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर धम्की दिने गरेका थिए ।

बैंकर र अन्य व्यवसाय गर्नेहरू मध्येका ६ जनाले आफूलाई धम्कीपूर्ण फोन आइरहेको भन्दै सीआईबीमा उजुरी गरेका थिए ।
सीआईबीले गरेको प्रारम्भिक अनुसन्धानमा भारतबाट मात्रै १४१ वटा कल आएको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्