काठमाडौं । भोलिबाट सुरु हुने नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सको टिमबाट खेल्न भारतका चर्चित खेलाडी शिखर धवन नेपाल आइपुगेका छन् ।
शुक्रबार साँझ काठमाडौं आइपुगेका धवनलाई कर्णाली याक्स टिमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । कर्णालीका अन्य विदेशी खेलाडीमा हङकङका बाबर हायात, वेस्टइन्डिजका चाडविक वाल्टन र ओमानका जीशान मकसुद छन् । उनीहरू तीनैजना नेपाल आइसकेका छन् ।
धवनले कर्णालीबाट कम्तीमा ४ खेल खेल्नेछन् । उनले एक खेलको ३० हजार डलर पाउनेछन् । शिखर एनपिएलमा अनुबन्ध हुने सबैभन्दा ठूलो नाम हो ।