Logo
Logo

बिआरआईका विषयमा संसद्मा छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: शेखर कोइराला


819
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बिआरआईका विषयमा संसद्मा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका छन् ।

कोइरालाले बिआरआईका विषयमा कांग्रेस-एमालेले तयार गरेको दस्ताबेजलाई गहन छलफल गरेर यदि ठिक छ भने चिनियाँ पक्षलाई कन्भिन्स गर्नुपर्ने बताए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कोइरालाले बिआरआई जस्तो संवेदनशील विषयलाई सडकमा ल्याएर उराल्ने काम भएको बताए ।

बिआरआईका विषयमा नेपाली जनताले राम्रोसँग बुझ्दै नबुझेको, उनीहरूले केवल ऋण वा अनुदान भन्ने मात्रै बुझेको कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्