काठमाडौं । काठमाडौंको तारकेश्वरस्थित शेषमतिमा बसबाट खसेर दुई जनाको मृत्यु भएको छ । सीट क्षमताभन्दा बढी यात्रु बोकेको तारकेश्वर यातायातको बा ४ ख ७१११ नम्बरको बसबाट खसेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । एकजना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।
शनिबार विहान लामबगरबाट बालाजुतर्फ गइरहेको उक्त बसबाट शेषमति पुग्दा तीन यात्रु बाटोमा झरेका थिए । उक्त बस बाटोमा रोकिएको बा ३ क १६६६ सँग ठोक्किदा दुर्घटना भएको ट्राफिक कार्यालय बालाजुले जनाएको छ ।
दुर्घटनापछि बसमाथि तोडफोड गरिएको छ । अहिले भने स्थिति नियन्त्रणमा रहेको र गाडीलाई पुलिसको स्कर्टिङद्वारा बालाजु चौकीमा लगिएको छ ।