Logo
Logo

निर्वाचन तयारीबारे प्रधानमन्त्रीको चासो, आयोगका पदाधिकारीसँग छलफल


- दृष्टि संवाददाता

252
Shares

काठमाडौं, २७ माघ । प्रतिनिधिसभा घिटनविरुद्धको मुद्धा सर्वोच्चको संंवैधानिक इजलासमा बहसकै क्रममा रहेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली भने निर्वाचन सम्पन्न गर्न भन्दै निर्वाचन आयोगसँग छलफलमा जुटेका छन् ।

आफुले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपा नै आधिकारिक रहेको दाबी गर्न निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेर फर्केका छन् ।

आयोग पुगेका प्रधानमन्त्री ओलीलाई प्रमुुख निर्वाचन आयुुक्त दिनेशकुुमार थपलियाले निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायत समग्र वस्तुुस्थितिबारे अवगत गराएका थिए ।

प्रधानमन्त्री ओलीले प्रमुख आयुुक्तसहितका आयुुक्तसँग निर्वाचनको तयारीबारे छलफल गरेको र आयोगले गरिरहेको तयारी सन्तोषजनक रहेको भन्दै प्रधानमन्त्रीले धन्यवाद व्यक्त गरे । निर्वाचनको कामलाई निरन्तर अघि बढाउन आयोग पदाधिकारीलाई सुुझाव दिँदै प्रधानमन्त्री ओलीले सोका लागि सबै प्रकारका स्रोतसाधन उपलब्ध हुुने तथा कुनै कमी हुन नदिइने बताएका थिए ।

असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्दै ओली सरकारले वैशाख १७ र २७ गते दुुई चरणमा चुुनाव गर्ने गरी पुस ५ गते निर्वाचनको मिति घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्