काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि जनतामा जाने निर्णय गरेको बताएका छन् ।
वर्तमान सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा प्रगति विवरण सार्वजनिकगर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र संकटमा परेकाले लोकतन्त्रको रक्षाका लागि जनतामा जार्ने निर्णय गरिएको बताएका हुन । लोकतन्त्रको रक्षाका लागि निर्वाचन घोषणागर्दा अलोकतान्त्रिक र प्रतिगमन भन्नु गलत रहेको ओलीको भनाइ रहेको थियो ।
वर्तमान जनादेश गलत नरहेता पनि जनादेशबाट आएका पात्र गलत रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । उनले भने– ‘जनादेशबाट आएका पात्रहरु गलत भएका कारण नयाँ जनादेश र नयाँ व्यक्ति चयनका लागि निर्वाचन घोषणा गरिएको हो ।’ अबको निर्वाचनले नयाँ जनादेश र व्यक्ति चयन गर्ने भन्दै प्रधानमन्त्री ओलीले निर्वाचन एक मात्र विकल्प रहेको बताए ।