Logo
Logo

एमीकस क्यूरीको रायपछि प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वोच्चको फैसला आउँने


दृष्टि संवाददाता

630
Shares

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतले आजबाट एमीकस क्यूरीको राय लिनेछ । रिट निवेदकको पक्ष र विपक्षका सबै बहस सकिएपछि सर्वोच्च अदालतले गठन गरेको एमीकस क्यूरीका तर्फबाट बहस हुने छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनका विषयमा राय/सुझाव लिनका लागि बद्रीबहादुर कार्की, विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक सहित पाँच सदस्यीय एमीकस क्यूरी गठन गरेको थियो । यी पाँच जनाले आजबाट आफ्नो राय दिनेछन् ।

एमीकस क्यूरीको रायपछि मिहिन अध्ययन गरेर सर्वोच्च अदालतले आफ्नो फैसला सुनाउँनेछ । एमीकस क्युरी सर्वोच्च अदालतको सहयोगी हो । कुनै मुद्दाका विषयमा राय लिनुपरेमा सर्वोच्चले एमीकस क्युरी गठन गर्ने प्रचलन रहेको छ ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ तथा बहस हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्