काठमाडौं, ७ फागुन । प्रदेश २ प्रमुख तिलक परियार पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले परियारलाई पदमुक्त गरेका हुन ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिएको उल्लेख छ ।