काठमाडौं । पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना रहेको छ भने अन्य भागमा मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ ।
आज विहान प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र बाँकी भू–भागमा मौसम सफा रहनेछ महाशाखाले जनाएको छ।
प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र बाँकी भू–भागमा मौसम सफा रहनेछ ।
महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यसैबीच, काठमाडौंमा आज अपरान्ह्मा मौसम बदली भए पनि बाँकी समय काठमाडौंको मौसम सफा रहने महाशाखाले जनाएको छ । आज विहान काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २३–२५ डिग्री सेल्सियस पुग्ने छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातका साथै मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।