Logo
Logo

सशस्त्रका इन्सपेक्टर ५० हजार घुससहित पक्राउ


दृष्टि संवाददाता

882
Shares

बुटवल । रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना  ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् । पक्राउ परेका इन्सपेक्टर पौडेल सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका प्रमुख हुन ।

दुवै जनालाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ । काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिएका उनीहरुलाई गैडहवा–३ बाट नियन्त्रण्मा लिएर थप अनुसन्धान अघि बढाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्