बुटवल । नेकपा ओली समूह र कांग्रेसको सरकार बन्ने नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले बताए छन् ।
बुटवलमा पत्रकारसँग कुरा गर्दै पुराना कम्युनिष्ट नेता सिंहले एमसीसीबारे एजेण्डा मिल्ने भएकाले नयाँ सरकार ओली समूह र कांग्रेसले बनाउने बताएका हुन् । उनले भनेका छन्– ‘एमसीसी पारित गराउन ओली समूह र कांग्रेसको सरकार बन्ने सम्भावना छ ।’
नेता सिंहले प्रधानमन्त्री ओलीमा नैतिकता भए तत्काल राजीनामा दिनुपर्नेमा समेत जोड दिएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाले संविधान थप बलियो र विश्वसनीय भए पनि राजनीतिक अस्थिरता भने बढ्ने उनले अनुमान गरेका छन् ।
नेता सिंहले ओली र देउवाको चाहना अनुसार एमसीसी पारित भए नेपाल अमेरिकी सैन्य अखडा बन्ने भएकाले यो दुर्घटनाबाट देशलाई रोक्न समेत यो समिकरण बन्न दिनु नहुने उनको धारणा रहेको छ ।