Logo
Logo

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात


दृष्टि संवाददाता

504
Shares

काठमाडौं । नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । बिहीबार राति शरीरको देब्रेपट्टि समस्या देखिएपछि वीर अस्पताल लगिएको थियो ।

आज विहान उनलाई वीर अस्पतालबाट नर्भिक अस्पतालमा भर्ना गरिएको उनको परिवारले जानकारी दिएका छन् । अस्पतालका अनुसार उनको आकस्मिक अपरेसनको तयारी भइरहेको छ ।

नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेकाले अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । जोशीलाई थ्यालेमिक ह्यामरेज भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्