काठमाडौं । प्रतिवन्धित विप्लव समूहसँग वार्ता गर्न सरकारले वार्ता समिति गठन गरेको छ ।
सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता समिति बनाएको हो ।
हिजो मात्र सरकारका प्रवक्ता पार्वत गुरुङले विप्लव समूलाई वार्ताका लागि औपचारिक आह्वान गरेको थियो । अघिल्लो हप्ता प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सहज वातावरणमा राजनीतिक गतिविधि गर्ने वातावरण बनाए वार्ता गर्न तयार रहेको विज्ञप्तिमार्फत बताएका थिए ।