Logo
Logo

सभामुखसहित सांसदहरुले कोरोनाभाइरस विरुद्धको खोप लगाउने


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । सभामुख सहित सांसदहरुलाई आज कोरोना भाइरस विरुद्धको खोप लगाउने कार्यक्रम छ । विहान १० बजेबाट खोप कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार सिभिल अस्पतालमा सांसदहरुले खोप लगाउँनेछन् । सभामुख अग्नि सापकोटा ठिक १० बजे खोपका लागि अस्पताल पुग्ने उनको सचिवालयले जानकारी दिएको छ ।

सभामुख सहित राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत् कर्मचारी, सांसद, संघीय संसदका कर्मचारी, मर्यादापालकले खोप लगाउनेछन् । बिहीबार र शुक्रबार पनि लगाइने छ ।

प्रतिक्रिया दिनुहोस्