Logo
Logo

सुन तस्करविरुद्ध मुद्दा दायर, सयौं केजी तस्करी गरेको खुलासा


दृष्टि संवाददाता

4.2k
Shares


काठमाडौं । सुन तस्करीको आरोपमा राजश्व अनुसन्धान विभागले चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । तीन भारतीय र तीन नेपालीविरुद्ध मुद्दा दायर भएको हो ।


विभागले भारतीय नागरिकहरु अब्दुल मजिद अनेकमल, मोहम्मद अली र रोशन पटेल भनिने लुखमनुर हकिमविरुद्ध दुई अर्ब ४३ करोड ८६ लाख बिगो दाबी गरी मुद्दा दायर भएको छ ।
उनीहरुलाई सघाउने यश एक्सपोर्ट एण्ड इम्पोर्टका मालिक राजेश गुरुङविरुद्ध पनि दुई अब ४३ करोड नै बिगो कायम गरी मुद्दा दायर भएको छ । संजीव श्रेष्ठ र शंकर घिमिरेविरुद्ध समेत आयोगले राजश्व छलीको अभियोग लगाएको छ । अनुसन्धानको क्रममा सो गिरोहले सयौं केजी सुन तस्करी गरेको पुष्टि भएकाले दुई अर्ब ४३ करोडको बिगो बनाइएको हो ।
केही महिनाअघि हेटौंडामा बरामद भएको ६ किलो दुई सय ८९ ग्राम सुनमाथि अनुसन्धान गर्ने क्रममा उनीहरुमाथि मुद्दा दायर भएको हो । सो गिरोहमा आबद्ध नेपालका केही तस्करविरुद्ध भने विभागले अनुसन्धान गर्न नसकेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्