Logo
Logo

विश्वासको मतमाथि मतदान सुरु


दृष्टि संवाददाता

2k
Shares


काठमाडौं । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि मतदान सुरु भएको छ । संसद भवन बानेश्वरमा मतदानको प्रक्रिया सुरु भएको हो ।


सभामुख अग्नि प्रसाद सापकोटाले मतदानका नियम पढेर सुनाएका छन् । पक्ष र विपक्षमा मतदान गर्नेहरुको छुट्टा छुट्टै लाइन कायम गरिएको छ । संक्रमित सांसदलाई मतदान गर्ने छुट्टै ठाउँको व्यवस्था गरिएको छ ।


कुनै सांसदले आफ्नो मत सच्याउन चाहेनमा तीन मिनेटभित्र जानकारी दिनुपर्ने व्यवस्था छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरिसकेका छन् । जसपाका आधा नेता तटस्थ र आधाले विपक्षमा मत दिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने लगभग निश्चित भएको छ। यसपछि उनले राजीनामा दिएर ठूलो पार्टीका रुपमा प्रधानमन्त्री हुने तयारी गरेका छन् । त्यसपछि संसद बिघटन गरेर मध्यावधि चुनाव गराउने उनको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्