Logo
Logo

दुई सातामा उपत्यकामा ४५ हजारलाई कोरोना संक्रमण


दृष्टि संवाददाता

756
Shares


काठमाडौं । निषेधाज्ञा सुरु भएयता काठमाडौैं उपत्यकामा करिब ४५ हजारलाई कोरोना संक्रमण भएको छ । पछिल्लो एक सातायता दैनिक करिब चार हजारलाई संक्रमण भइरहेको छ ।


निषेधाज्ञाको १३ दिनमा उपत्यकामका ४४ हजार ८ सय ९९ जनालाई संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक छ । संक्रमणमा कमी नआएपछि थप दुई साताका लागि निषेधाज्ञा लम्बाउने निर्णय भएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले १३ जेठसम्मका लागि निषेधाज्ञा थपेका छन् ।
उपत्यकाका १६ बैशाखदेखि निषेधाज्ञा लगाइएको थियो । त्यसयता एक साता निरन्तर संक्रमण बढेकोमा पछिल्लो एक साता करिब दैनिक संक्रमणदर उस्तै छ । निषेधाज्ञाका बाबाजुत संक्रमणमा कमी आउन सकेको छैन ।
१५ बैशाखमा काठमाडौंमा एक हजार चार सय ६४, ललितपुरमा तीन सय ५१ तथा भक्तपुरमा दुई सय ३२ गरेर उपत्यकामा दुई हजार जनामा संक्रमण देखिएको थियो । १ बैशाखमा जेठमा घटेर एक हजार पाँच सय १६ जनामा संक्रमण देखिएको थियो । १७ बैशाखमा झन्डै दोब्बर बढेर दुई हजार नौ सय ५६ पुग्यो । निषेधाज्ञाको १३ दिनको अवधिमा २६ बैशाखमा सर्वाधिक चार हजार एक सय ९८ जनामा संक्रमण भएको थियो । त्यसयताका दुई दिन संक्रमितको संख्या चार हजारबाट थोरै घटेको छ । निषेधाज्ञापछि संक्रमण नघटेपछि बृद्धिदरलाई नियन्त्रण भएको स्वास्थ्य मन्त्रालयका अधिकारीको भनाई छ ।
जिवाणुविज्ञ डा सन्तोष दुलाल दुई साताकै लकडाउनले कोरोना संक्रमणको चेन ब्रेक नहुने बताउँछन् । यसका लागि तीनदेखि चार साता लाग्ने उनको विश्लेषण छ ।
उपत्यकामा करिब पाँच प्रतिशतलाई संक्रमण
स्वास्थ्य मन्त्रालयको तथ्याङकअनुसार उपत्यकामा हालसम्म करिब पाँच प्रतिशत जनसंख्यालाई कोरोना संक्रमण भइसकेको छ । मन्त्रालयका अनुसार काठमाडौंमा एक लाख ५० हजार पाँच सय ५०, ललितपुरमा २५ हजार तीन सय ९२ र भक्तपुरमा १४ हजार नौ सय ९४ गरी उपत्यकामा एक लाख ९० हजार ९ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा करिब ४० लाख जनसंख्या रहेको आँकलन छ । जसअनुसार कुलमध्ये ४.७७ प्रतिशतलाई संक्रमण भएको छ । जून दर सम्पूर्ण देशको अवस्थाको आधारमा धेरै हो । करिब तीन करोड जनसंख्यामा हालसम्म चार लाख १३ हजार एक सय ११ जनालाई संक्रमण भएको छ । जून समग्रमा १.३७ प्रतिशत हो ।
त्यस्तै, देशका जम्मा संक्रमितमध्ये ४६.२१ प्रतिशत काठमाडौं उपत्यकाका नागरिक छन् । हाल संक्रिय संक्रमित ९७ हजार ८ मध्ये ३० हजार दुई सय २२ उपत्यकाका छन् । मृत्यु भएका चार हजार ८४ मध्ये एक हजार तीन सय ५४ जना उपत्यकाका छन् । काठमाडौंमा नौ सय १३, ललितपुरमा दुई सय ५३ तथा भक्तपुरमा एक सय ८८ जनाको मृत्यु भइसकेको छ ।
कुल संक्रमितमध्ये ४६. २१ प्रतिशत उपत्यकाका भएपनि मृत्युमा भने उपत्यकामा तुलनात्मक रुपमा संख्या कम रहेको तथ्याङक छ । मृत्यु हुनेमध्ये ३३.१५ प्रतिशत उपत्यकाका छन् ।
संक्रमण तत्काल घट्ने सम्भावना नभएपछि जिल्ला प्रशासनले १३ जेठसम्म निषेधाज्ञा थपेको हो । थपसँगै केही प्रावधान हेरफेर गरिएको छ । विहान १० जबेसम्म खाद्यान्न पसल सञ्चालन गर्न दिने निर्णय भएको छ । यसअघि विहान ९ बजेसम्म मात्र दिइएको थियो । भिडभाड बढेपछि समय लम्बाइएको हो । त्यस्तै राष्ट्रिय गौरवका आयोजना बाहेकको अन्य निर्माण सम्बन्धि काम समेत रोक्न निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्