काठमाडौँ । गृहमन्त्रीको रुपमा तेस्रो पटक पदभार गरेका गृहमन्त्री रामबहादुर थापा बादलले आज तीन महत्वपुर्ण निर्णयमा हस्ताक्षर गरेका छन् । पदभार पछि पहिलो निर्णय गृहमन्त्री थापाले कोरोनाको महामारीसँगै नजिकिँदै गरेको मनसुनजन्य विपदको समेत जोखिम न्युनिकरण, पुर्वतयारी र व्यवस्थाप नगरी मानविय र आर्थिक क्षति न्युनिकरण गर्न थप स्रोतसाधन परिचालन तथा व्यवस्थापन गर्ने सम्बन्धी मानविय सहायता र क्लस्टर एक्टिभेसन सम्बन्धी प्रस्तावमा हस्ताक्षर गेका हुन् ।
राष्ट्रिय विपद् प्रतिकार्य कार्यढाँचामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय ढाँचाको तथा कार्यढाँचा र नेपालमा कार्यरत विषयगत क्षेत्रका सरकारी निकाय र सहयोगी निकायको व्यवस्था रहेको छ । सोही बमोजिम विषयगत क्षेत्र र सहयोगी निकायलाई वर्तमान महामारीको प्रतिकार्य र आसन्न मनसुनजन्य विपदको जोखिम न्युनिकरण र पुर्व तयारीका लागि सो सम्बन्धी प्रस्ताव पारित गरीएको हो । योसँगै संयुक्त राष्ट्रसंघिय आवासिय मानविय संयोजकको कार्यालयमा सहयोगका लागि पत्र लेख्न राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई बाटो खुलेको छ ।
यसैगरी अर्को महत्वपुर्ण निर्णय कोरोनाको महामारीसँगै नजिकिँदै गरेको मनसुनजन्य विपद्को समयलाई मध्यनजरगर्दै अन्तराष्ट्रिय सहायता आह्वानगर्ने निर्णयमा समेत गृहमन्त्री थापाले हस्ताक्षर गरेका छन् । सो प्रस्ताव अर्थ मन्त्रालयमा पठाईनेछ । कोरोना नियन्त्रणलाई थप सुदृढ र प्रभावकारी बनाउन, मनसुनजन्य विपदको पुर्व तयारी प्रभावकारीबनाउन सरकारी सन्यन्त्रका अलावा गैर सरकारी तथा अन्तराष्ट्रिय सहयोगको परिचालन आवश्यक देखिएको ठहर गर्दै सो सम्बन्धी प्रस्ताव गृह मन्त्रालयले अघि बढाएको हो ।
यसैगरी गृहमन्त्रीले आज तेस्रो महत्वपुर्ण निर्णय अत्यावश्यक सेवामा हड्तालगर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णयमा हस्ताक्षर गरेमन टज् । यसअघि यससम्बन्धमा जारी आदेशको समयावधी जेठ २१मा सकिन लागेकोले सो सम्बन्धी नयाँ प्रस्तावमा आज गृहमन्त्रीले हस्ताक्षर गरेका हुन् ।