काठमाडौं । छिमेकी देश भारतका कोरोना संक्रमणको ग्राफ घटेको छ । पछिल्लो एक साताकै शनिबार कम संक्रमण देखिएको छ ।
भारतमा पछिल्लो २४ घन्टामा तीन लाख २६ हजार ९८ जनामा संक्रमण पुष्टि भएको हो । मृत्युको संख्या पनि थोरै घटेको छ । तीन हजार आठ सय ९० जनाको मृत्यु भएको छ ।
२४ घन्टामा तीन लाख ३ लाख ५३ हजार दुई सय ९९ जना निको भएका छन् । मुख्य सहरी क्षेत्रमा संक्रमण घटेको छ । तर, ग्रामिण क्षेत्रमा संक्रमण बढेको र त्यहाँ परीक्षण नै कम भएको बताइएको छ ।