Logo
Logo

लकडाउनमा छिमेकीबाटै बालिका असुरक्षित

भक्तपुर र पर्सामा यौन हिंसाका घटना


दृष्टि संवाददाता

441
Shares


काठमाडौं । लकडाउनको समयमा बालिकाहरु छिेमकीबाटै असुरक्षित हुन थालेका छन् । भक्तपुरमा एक बालिकामाथि बलात्कार भएको छ भने पर्सामा यौन दुव्र्यवहार भएको छ ।


बाह्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने ५२ वर्षीय भिम बहादुर बनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


भिम बहादुरले ती बालिकालाई सोही ठाउँस्थित टहरामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता पर्सामा नौ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा वीरगंज महानगरपालिका–२० हरपतगंज बस्ने २२ वर्षीय सरोज चौरसियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


खेल्दै गरेको अवस्थामा ती बालिकालाई धान दिन्छु भनी प्रलोभन देखाई आफ्नै घरमा बोलाई भर्याोङमुनी लगेर सरोजले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर बाल यौन दुर्व्यवहार सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्